सरकार असक्षम बनेको रास्वपा सचेतक धितालको आरोप

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सरकारले सुकुम्बासी समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सरकार असक्षम बनेको आरोप लगाएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले सडकमा रहेका सुकुम्बासीको पीडाले राज्यलाई गम्भीर बनाउनु पर्ने उल्लेख गरेकी छन्। उनले सुकुम्बासी व्यवस्थापन सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय भए पनि व्यवहारमा त्यसअनुसार काम नभएको दाबी गरिन्।
उनले सरकार आफ्नै वाचापत्र र प्रतिबद्धताअनुसार अघि बढ्न नसकेको टिप्पणी गर्दै नागरिकले अभिभावकीय भूमिका निर्वाह गर्ने राज्यको अपेक्षा गरे पनि त्यसअनुरूप काम हुन नसकेको बताइन्।
धितालले सुकुम्बासी व्यवस्थापन संवेदनशीलता, स्पष्ट योजना र जिम्मेवारीका साथ अघि बढाउनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गर्दै यस घटनाले राज्य संयन्त्रको कमजोरी र सरकारको असक्षमता उजागर गरेको आरोप लगाएकी छन्।

Leave a Comment