धारिलो हतियार प्रयोगगरि श्रीमतीको हत्या,श्रीमान पक्राउ

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 0 मिनेट

१८ असार,बारा: बारामा एक युवकले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

कलैया उपमहानगरपालिका-१० मटिअर्वा ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादमा २३ वर्षीया पत्नी सहिना खातुनलाई मासु काट्ने दाउले टाउको, घाँटीलगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका हुन्।

उनकी घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। प्रहरीले हत्यागर्ने बच्चालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ ।

Leave a comment