वर्तमान अवस्थामा महासंघको निर्वाचन हुन नदिने युनियनका नेताहरुको उदघोष

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 97
पढ्न लाग्ने समय : 2 मिनेट

१४ जेठ,बारा: नेपाल प्रेस युनियन बाराका अग्रजहरुले नेपाल पत्रकार महासंघमा कब्जा गर्ने वामशक्तिहरुको सपना पूरा हुन नदिने चेतावनी दिएका छन ।

युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आज कलैयामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले लोकतान्त्रिक पत्रकारहरुलाई पाखा लगाएर वामपन्थी पत्रकारहरुले महासंघ कब्जा गर्न खोजेको आरोप लगाए ।

प्रेस चौतारीको ईशारामा महासंघमा एकतर्फी ढंगले सदस्यता नवीकरण र वितरण गरिएको भन्दै युनियनका नेताहरुले सदस्यताको शुचि आफुहरुलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

युनियनका नेताहरूले वर्तमान परिवेशमा नेपाल पत्रकार महासंघमा कुनै हालतमा निर्वाचन हुन नदिने चेतावनी समेत दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठले युनियनलाई समाप्त पार्ने योजना अनुरुप महासंघको सदस्यता नवीकरण र वितरण गरिएको भन्दै त्यसलाई निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका नेता सिकेन्द्र पासवानले महासंघमा आबद्ध वामपन्थी पत्रकारहरुले युनियनको इतिहास मेटाउन षड्यन्त्र गरिरहेकोले त्यो षड्यन्त्र विफल पार्न युनियन एकजुट भएर लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेयले लोकतान्त्रिक पत्रकारहरुलाई बलियो बनाउने योजनामा लाग्न युनियनलाई आग्रह गर्नु भयो ।
युनियनका जिल्ला अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बाराका अध्यक्ष रेशम तिवारी, पुर्व अध्यक्ष गुरु प्रसाद गौतम, युनियनका केन्द्रिय सदस्य गणेश रिजाल, मधेस प्रदेश सचिव सन्तोष पाण्डे, सदस्य संजीव मिश्रा, युनियन बाराका निवेश तिमिल्सिना, पवन यादव, साजिर मंसुर, रामेश्वर मेहता, रवीन्द्र सिंह, भोजराज भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रमको संचालन युनियनका जिल्ला सचिव राजेश कुश्वाहाले गर्नु भएको थियो ।
युनियनले आफ्नो स्थापना दिवसको अवसर पारेर युनियनका तर्फ महासंघ अध्यक्ष भएका गुरु प्रसाद गौतम, रेशम तिवारी,युनियन पुर्व जिल्ला अध्यक्षहरु रवीन्द्र सिंह र गणेश रिजाल, युनियनका प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, सदस्यहरु संजीव मिश्रा र गिरीराज ओली, प्रेस मंछ त्यागेर युनियनमा आएका पवन यादवलाई सम्मान गरेको छ ।