काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौं आइपुगेका छन्।
देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू विमानस्थल पुगेका थिए।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि पत्नी आरजु राणा देउवासँगै कात्तिक १० गते राति सिंगापुर गएका थिए। उपचारपछि उनी केही समय थाइल्यान्डमा रहेका थिए।
लामो समय विदेशमा उपचार तथा स्वास्थ्यलाभ गरेपछि देउवा स्वदेश फर्किएका हुन्। उनको नेपाल आगमनलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।
शेरबहादुर देउवा काठमाडौं आइपुगे
Leave a Comment
Leave a Comment

