बारामा नक्कली नोट सहित ५ जना पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 179
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, २५ माघ / बारा प्रहरीले नक्कली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारमा नक्कली नोटको कारोबार भैरहेकै अवस्थामा प्रहरीले पाँचैजनालाइ पक्राउ गरेको हो ।

सर्लाही चन्द्रनगर गाउपालिका-३ का ४४ बर्षीय रामचन्द्र महतो कोइरी, बाराको परवानिपुर गाउपालिका -५ का सुमित साहवर र सन्तोष पटेल, बिरगंज महानगरपालिका-१० विशाल कुमार श्रीवास्तव र निरज श्रीवास्तवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ गरिएको ५ जना माथी अवाश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।