१५ असोज, बारा: बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले अपराध गर्ने विरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन ।
चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी उपरीक्षक खड्काले भय मुक्त भएर चाडपर्व मनाउन बाराबासीलाई आग्रह गरे ।
उनले चाडपर्वलाई लक्षितगरी एक हजार १५ जना प्रहरी जिल्लाभरी परिचालन गरिने जानकारी गराए ।
खबर आएको दस मिनेटमा प्रहरी सम्बन्धित ठाउँमा पुग्नेगरि सुरक्षा व्यवस्था मिलाईएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।
प्रहरी गतिविधि अन्य समय भन्दा दुईगुणा पारिएको प्रहरी उपरीक्षक खडकाले जानकारी गराए ।
बजारमा हुन सक्ने कालाबजारीलाई नियन्त्रणगर्न बिशेष सुरक्षा योजना बनाईएको प्रहरी उपरीक्षक खड्काले जानकारी गराए ।
यात्रीहरुसँग बढी भाडा असुल गर्ने यातायात व्यवसायीलाई कडा रुपमा कार्बाही गरिने प्रहरी उपरीक्षक खड्काले चेतावनी दिए ।
राजमार्गमा हुन सक्ने लुटपाटको घटनालाई लक्षितगरि रात्रीकालिन यात्रीबाहक सवारीसाधनमा प्रहरी खटाईने योजना बनाईएको प्रहरी उपरीक्षक खड्काले जानकारी गराए ।