प्रेस युनियन बाराको अधिवेशन भदौ २० मा हुने,विभिन्न समिति गठन 

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा । नेपाल प्रेस युनियन बारा शाखाको ८औँ जिल्ला अधिवेशन आगामी भदौ २० गते शनिबार हुने भएको छ। शाखाको शनिबार बसेको जिल्ला कार्यसमिति तथा सदस्यहरूको बैठकले अधिवेशनको मिति तय गरेको हो।

अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला अध्यक्ष श्यामबाबु प्रसाद यादवको संयोजकत्वमा जिल्ला कार्यसमितिलाई नै मूल आयोजक समिति बनाउने निर्णय बैठकले गरेको छ। अधिवेशनका लागि विभिन्न जिम्मेवारीसहित ६ वटा समिति गठन गरिएको सचिव राजेश कुशवाहाले जानकारी दिए।

त्यसैगरी, सन्दिप प्रसाद यादवको संयोजकत्वमा तीन सदस्यीय प्रचारप्रसार तथा सञ्चार समिति गठन गरिएको छ। समितिमा नुर आलम बादसाह र बिनिता चौधरी सदस्य रहेका छन्।

आर्थिक व्यवस्थापनका लागि अनिल कुमार साहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। समितिका सदस्यमा धीरेन्द्र पनुहर, प्रभु प्रसाद यादव, संजीव कुमार मिश्र, श्रीकान्त गुप्ता, अरुण कुमार साह र पवन सिंह रहेका छन्।

संगठनिक प्रतिवेदन तयार गर्न राजेश कुशवाहाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा अरुण साह र रविन्द्र प्रसाद साह सदस्य रहेका छन्।

त्यस्तै, ‘विनोद प्याकुरेल स्मृति पत्रकारिता पुरस्कार’ र ‘स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कार’का लागि योग्य पत्रकार छनोट गर्न निवेश कुमार तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिका सदस्यमा सन्तोष पाण्डे र अरुण कुमार साह रहेका छन्।

बैठकले बारा जिल्लामा नेपाल प्रेस युनियनको सदस्यता नवीकरणसम्बन्धी विषयमा समेत आवश्यक निर्णय गरेको सचिव कुशवाहाले बताए।

शाखा अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल, मधेस प्रदेश सचिव सन्तोष पाण्डे, भोजराज भट्टराई, राकेश पाण्डे, धीरेन्द्र पनुहर, जितेन्द्र चौधरी, जयनारायण यादव, निवेश तिमिल्सिना, संजीव मिश्रलगायत जिल्ला कार्यसमितिका सदस्यहरूको सहभागिता थियो।

Leave a Comment