६४ लाख बराबरको समान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 161
पढ्न लाग्ने समय : 1 मिनेट

बारामा प्रहरीले करिब ६४ लाख बराबरको समान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

विभिन्न प्रहरी चौकीहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चेक जाँच गर्ने क्रममाट्रक सहितको समान नियन्त्रणमा लिएको हो ।

विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य ६४ लाख १ हजार ६ सय ६५ रूपैया बराबरको समान सहितको ट्रक नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जितपुरसिमरा उपमहानगरपालिका – १ पथलैया चोकमा विरगंजबाट दाङतर्फ जादै गरेको ना.६.ख.५९२२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सो ट्रकबाट अन्दाजी ६४ लाख १ हजार ६ सय ६५ रुपैया बराबरको समान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अबैध समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।