सागर बिश्वकर्मा
४ भाद्र,बारा: एशियन लाईफ ईन्सोरेन्स कम्पनिको कलैया शाखाले आज कलैयामा तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनिले कलैया शाखा अन्तर्गतका अभिकर्ता तथा कर्मचारीहरुलाई महिलाहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदानप्रदान गर्ने तथा दर खुवाउने कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रहेका कम्पनिका मधेश प्रदेश प्रमुख जयानन्द भट्टले तिज नेपाली महिलाहरुको लागि एक बिशेष पर्व मात्रै नभई महिलाहरुकोलागि प्रजातन्त्र र लोकतन्त्र सरह रहेको बताए । उनले तिज पर्वमा महिलाहरु आपसमा भेलाभई आफ्ना दुःख र खुसी दुबै नै गित तथा नृत्यको माध्यमले अभिब्यक्त समेत गर्न पाउने भएकाले महिलाहरुको लागि स्वतन्त्रताको प्रतिक समेत भएको बताए ।
साथै भट्टले एउटा ईन्सोरेन्स कम्पनिकालागि सेवाग्राही र अभिकर्ता दुबै नै महत्वपुर्ण अंग भएकाले कम्पनि सधै उनीहरुको हकहितको लागि सोच्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले एक आपसमा तिजको शुभकामना आदानप्रदान गर्नुकासाथै तिजको गितमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
कम्पनिका कलैया शाखा प्रमुख प्रकास गुप्ताले सञ्चालन गरेका कार्यक्रममा सिनियर एजेन्सी मानेजर रामानन्द गुप्ता, राजकुमार यादव, बलिराम यादव, पुनम साह, अमृता कुमारी बिश्वकर्मा, संदीप यादव, बिहारी गुप्ता, दिपेन्द्र गुप्ता, सुश्रिका खतिवडा लगायत शाखाका कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको कुरा कलैया शाखाका ईन्चार्ज सियाराम गुप्ताले बताए ।
एसियन लाईफद्धारा तिज बिशेष कार्यक्रम सम्पन्न
Leave a Comment
Leave a Comment


