उपराष्ट्रपति यादवद्वारा गढीमाई दर्शन तथा पुजापाठ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 159
पढ्न लाग्ने समय : 1 मिनेट

१७ मंसिर, बारा : उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन तथा पुजापाठ गरेका छन् ।

उपराष्ट्रपति यादवले आज बिहान गढीमाई दर्शन तथा पुजापाठ गरेका हुन् ।

उपराष्ट्रपति यादवले पञ्चबर्षीय गढीमाई मेलाको अवलोकन तथा निरीक्षण समेत गरेका छन ।

मंसिर १ गतेदेखि शुरु भएको मेलामा मंसिर २३ गते राँगा र मंसिर २४ गते बोकको बलि र दिइने कार्यक्रम रहेको मेला मुल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगाएत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेका थिए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.