कोल्हवीमा सर्पदंशबाट महिलाको मृत्यु, उपचारमा लापरबाही भएको भन्दै स्वास्थ्य केन्द्रमा तोडफोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा -३ असोज
बाराको कोल्हवी नगरपालिका–४ बगेवाकी ३२ वर्षीया चन्द्रकला चौधरीको सर्पदंशबाट मृत्यु भएको छ।

उनी बिहीबार दिउँसो सर्पले टोकेपछि उपचारका लागि तत्कालै कोल्हवीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। तर चिकित्सकहरूले सर्प विषालु नभएको भन्दै बाहिर अस्पताल लैजान आवश्यक नरहेको बताए। आफन्तका अनुसार अवस्था सुधार नभई गम्भीर बन्दै गएपछि मात्र उनलाई निजगढ अस्पताल रिफर गरिएको थियो।

निजगढ अस्पतालमा उपचार सम्भव नभएपछि वीरगन्जको नारायणी अस्पताल पुर्‍याइएको तर त्यहाँ पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

उपचारमा लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्तले आक्रोशमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका थिए। यस क्रममा स्थानीय वातावरण केही समय तनावग्रस्त बनेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी बिजयराज पाण्डेले अहिले सामान्य रहेको छ। चौधरीको शव अन्त्येष्टिका लागि लगिएको प्रहरीले जनाएको छ।

Leave a Comment