कलैयामा कृष्ण डेन्टल क्लिनिक थप सुविधा सहित संचालनमा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 48
पढ्न लाग्ने समय : 2 मिनेट

२२ बैशाख, बारा: बाराको कलैयामा श्री कृष्ण डेन्टल क्लिनिक संचालनमा आएको छ ।
कलैयाको अस्पताल सडक खण्डमा विस्तारित सेवाका सहित श्री कृष्ण डेण्टल क्लिनिक संचालनमा आएको हो ।
युवा डाक्टर मुकेश यादवले क्लिनिक संचालनमा ल्याएका हुन ।

क्लिनिकको आज शनिबार एक कार्यक्रमका बीच डाक्टर यादवका आमा सुमिन्त्रा देवी र बुवा श्याम लाल प्रसाद यादवले रिबन काटेर उद्घाटन गरेका हुन् ।

पहिला कलैया उपमहानगर -६ स्थित बेलपाती माई मन्दिरको अगाडि ६ वर्ष देखी सेवा प्रदान गर्दै आएको क्लिनिकलाई थप सुविधा सहित बिस्तार गरिएको डाक्टर यादवले बताए ।

उक्त क्लिनिकले दन्त परिक्षण तथा परामर्श,दाँत सफा गर्ने र टल्काउने,दाँतको एक्स-रे गर्ने,बच्चाको दाँतको विशेष उपचार,दाँत कलरको सिमेन्ट भर्ने,सुई लगाएर नदुखाईकन दाँत निकाल्ने,दाँत नभएको ठाउँमा दाँत राख्ने,तलमाथी पुरै दाँत नभए नयाँ प्रविधिबाट दाँत राख्ने,फिक्स दाँत राख्ने (आफ्‌नो जस्तै झिक्न नमिल्ने),गिजाबाट रगत आउने,मुख गन्हाउने समस्याहरू हटाउने,दाँतमा खोल राख्ने (क्यापिङ ),दाँतको नशाको उपचार गर्ने (आर.सि.टि),जस्तो सुकै नराम्रो दाँतको (कस्मेटिक ) उपचार गर्ने,बाङ्‌ङ्गो टेढो दाँत मिलाउने (अर्थोडोन्टिक),दाँत रोप्ने दन्त प्रत्यारोपण र दात तथा मुख सम्बन्धी सामान्य तथा जटिल शल्यक्रिया जस्ता सेवाहरु प्रदान गर्ने डाक्टर यादव जानकारी दिए ।

उद्घाटनको उपलक्ष्यमा उक्त क्लिनिकले जेठ महिना सम्म ओपिडी टिकेट फ्री र सेवामा १० देखि ५० प्रतिशत छुट व्यवस्था गरिएको डाक्टर यादवले बताए ।

क्लिनिकमा डाक्टर मुकेश कुमार यादव र डाक्टर मेरिना बिराजी सेवा प्रदान गर्ने छन ।

उक्त कार्यक्रममा बारा क्षेत्र नम्बर ३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,जसपा पार्टीका केन्द्रिय सदस्य रामकिशोर यादव,नेपाल शिक्षक संघ बाराका पुर्व अध्यक्ष परमहंस यादव,डाक्टर कृष्ण कुमार गुप्ता,राकेश यादव,सन्तोष कुशवाहा,सञ्चारकर्मी र डाक्टर तथा समाजसेवीहरु लगायतको उपस्तिथि रहेको थियो ।