बारा – ३ असोज
बारा जिल्लामा स्थानीयलाई आतंकित बनाइरहेको एक नरभक्षी बाघलाई अन्ततः नियन्त्रणमा लिन सफल भएको छ।
निकुञ्जका अधिकारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा आज बिहान बाघलाई पासो (ट्रयाप) प्रयोग गरी नियन्त्रणमा लिइएको हो।
केही दिनदेखि जंगल छोडेर बस्ती पसेको उक्त बाघले हालसम्म ४ जनाको ज्यान लिएको छ भने केहीलाई घाइते बनाएको बनाएको छ।
बाघ समातिएपछि स्थानीय बासिन्दाले ठूलो राहतको सास फेरेका छन्। उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ ।
समातिएको बाघले सिमरा, अमलेखगञ्ज, पथलैया लगायतका क्षेत्रहरू अक्रान्त बन्दै आएको थियो । ती बाघको आक्रमणले गर्दा स्थानीय बासिन्दा संगै यात्रीहरू सशंकित भएर यात्रा गर्दै आएका थिए ।
मान्छे खाने बाघ नियन्त्रणमा



Leave a Reply