आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं – ७ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्। सोमबार शपथ लिएर पदभार ग्रहण गरेका मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन माग गरेका थिए।
मन्त्रालयका सहसचिव अनिता निरौलाले पुनको मागअनुसार कोठा व्यवस्था गरिएको जानकारी दिँदै भनिन्, “कोठा भेटियो। आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नुहुन्छ। एक सेट सुत्ने खाने व्यवस्था पनि मिलाइएको छ।”

शिक्षा मन्त्रालय सिंहदरबारभित्र जेनजी आन्दोलनमा जलाइएपछि हाल केशर महलमा कार्यरत छ। त्यही भवनभित्र पुन बस्ने व्यवस्था मिलाइएको हो।

सहसचिव निरौलाका अनुसार मन्त्री बस्ने कोठा सेवा प्रवाहमा असर नपर्ने गरी तयारी गरिएको छ।
भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि अस्थायी रुपमा ठमेलस्थित केसर महलमा सारिएको छ । केसर पुस्तकालयसँगैको उक्त भवनको पहिलो तलामा शिक्षा मन्त्रालयको कार्यकक्ष स्थापना गरिएको छ ।

Leave a Comment