बारा-१२ असोज ।
असोज शुक्ल षष्ठी अर्थात नवरात्रको सातौ दिन कात्यायनी माताको पूजा आराधना गरिदै छ । अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ ।
धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी माताको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेको धार्मिक विश्वास छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा माताको विशेष पूजा आराधना गरिन्छ ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । देशभरका शक्ति पिठहरूमा दर्शनार्थीहरूको घुईचो लागेको छ ।
नवरात्र: सातौ दिन कात्यानी माताको पूजा गरिदै
Leave a Comment
Leave a Comment


