राजनीतिक दलहरूसंग छलफल गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ-२१ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरूसँग संवाद गर्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री कार्कीले पुराना, नयाँ तथा सरोकारवाला सबैसँग आयोगले छलफल गर्नुपर्ने भए गर्नु भनी निर्देशन दिएको एक मन्त्रीले बताए ।
त्यस्तै, सरकार २१ फागुनको निर्वाचनका लागि गठन भएकाले त्यसको तयारी कतैबाट कमी नहुने गरी जुट्न आग्रह गरेकी छन् ।
कार्कीले गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीलाई पनि सँगै राखेर सरकारले केके सहजीकरण गर्नुपर्छ भनेर आयोगसँग छलफल गरेकी छिन् ।
केके गर्नुपर्छ। गर्नुहोस् । सरकार सबै कुरा सहयोग गर्न तयार नै छ’ कार्कीलाई उदृत गर्दै एक मन्त्रीले भने । कार्कीले दलहरूसँग छलफल गर्न निर्देशन दिएपछि आयोगका तर्फबाट ३० गते बोलाइएको जानकारी गराएको थियो ।
आयोग निर्वाचनका लागि तयार नै रहेको र निर्वाचनको कार्यतालिकासमेत पारित गरेर सार्वजनिक भएकोले सोही अनुसार अघि बढ्ने ब्रिफिङ बैठकमा गरेका थिए ।

Leave a comment