आइतबार, २६ असोज २०८२
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्यमा सुधार आएपछि आज मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएको छ।
शनिबार दिउँसो शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा अस्वस्थ भएका राष्ट्रपति पौडेललाई तत्कालै महाराजगञ्जस्थित उक्त सेन्टरमा भर्ना गरिएको थियो। चिकित्सकहरूको निगरानीमा एक दिनसम्म उपचारपछि स्वास्थ्यमा सुधार आएपछि आज आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेन्टरले जनाएको छ।
शनिबार नै सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो।



Leave a Reply