राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१ मंसिर, काठमाडौं ।
राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमा सर्वोच्च अदालतले गरेको हस्तक्षेपलाई बेवास्ता गरिएको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालत अवहेलना सम्बन्धी रिट दर्ता भएको छ। सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो अवहेलनासम्बन्धी रिट हो।

उक्त रिट अधिवक्ता प्रेम सिलवालले दायर गरेका हुन्। सर्वोच्च अदालतले रिटको प्रारम्भिक सुनुवाइ मंसिर ७ गतेका लागि तोकेको छ।

जेनजी आन्दोलनपछि गठन भएको सरकारले अघिल्लो कार्यकालमा नियुक्त भएका ११ देशका राजदूतलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध दायर रिटमा न्यायाधीशद्वय सारंगा सुवेदीश्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

तर आदेश जारी भएको भोलिपल्टै, प्रधानमन्त्री कार्कीले सम्हालेको परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता बोलाई मन्त्रालयमा हाजिर हुन निर्देशन पठाएको थियो। निर्देशनअनुसार राजदूतहरू मन्त्रालयमा उपस्थित समेत भएका थिए।

अवहेलना आरोप

अदालतको स्पष्ट अन्तरिम आदेशपछि पनि सरकारी निर्णय अघि बढाइएकाले यो कार्य अदालतको अवहेलनामा पर्न जाने र त्यसै आधारमा मुद्दा दर्ता गरिएको अधिवक्ता सिलवालले उल्लेख गरेका छन्।

Leave a comment