२३६ किलो ७५० ग्राम गाँजा सहित एक व्यक्ति पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज ६ — बाराको अमलेखगंजस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणको गाँजा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ असोज ६ गते दिउँसो करिब १ बजे, इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले जितपुरसिमरा उप–महानगरपालिका–२१ कार्यालय अगाडिको चेकपोइन्टमा जाँच गर्ने क्रममा मिनि ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो।

मकवानपुरबाट वीरगंजतर्फ जाँदै गरेको बा २ ख ९५६९ नं. मिनि ट्रक रोकी जाँच गर्दा उक्त ट्रकको छतमाथि फल्स बटम बनाई प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा २३६ किलो ७५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

सो ट्रकसहित मकवानपुर जिल्ला, कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रुम्बालाई पक्राउ गरिएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिलाई ट्रक र बरामद गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक बिजयराज पण्डितले जनाएका छन।

Leave a comment