नेपाली काँग्रेस महागढीमाइ नगरपालिकाको आयोजनामा संविधान र लोकतन्त्र बचाउन आग्रह

बिश्वखबर
पढ्न लाग्ने समय : 2 मिनेट

महागढी (बारा), भदौ २७ ।
नेपाली काँग्रेस महागढी नगरपालिकाले आयोजना गरेको सभामा वक्ताहरूले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्ने र जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई जोगाउन एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर प्रसाद यादवले संविधानलाई कमजोर पार्ने, बेवास्ता गर्ने वा उल्लंघन गर्ने कुनै पनि प्रयासलाई जनताले सहन नहुने चेतावनी दिएका छन्। उनले भने, “व्यक्ति सराब भए फाँसी दिनुस् तर संविधानलाई कहिल्यै फाँसी नदिनुस्। संविधान अनुसार नै सरकार गठन हुनुपर्छ। नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो, जसले सबै समुदायको अधिकार सुनिश्चित गरेको छ।”

विशिष्ट अतिथि महागढी नगरपालिका मेयर उपेन्द्र यादवले संविधानविपरीत सरकार गठन भए ठूलो आन्दोलन पुनः हुने चेतावनी दिए। उनले १०० भन्दा बढी जनताको बलिदानले आएको परिवर्तनलाई जनताले जोगाउनुपर्नेमा जोड दिँदै भने, “संविधान बाहिर गएर सरकारले काम गरे हामीलाई सहनै नसकिने अवस्था आउँछ। समस्या संविधानको दायरामै समाधान गर्नुपर्छ।”

सिमरौनगढ नगरपालिकाका पूर्व मेयर विजय शंकर यादवले काँग्रेसले विगतका सबै आन्दोलनमा नेतृत्व गरेको स्मरण गर्दै भविष्यमा पनि मुलुकलाई आवश्यक परे काँग्रेसले नेतृत्व गर्न पछि नपर्ने बताए।

त्यसैगरी, नेपाली काँग्रेस प्रदेश सदस्य उपेन्द्र जैसवाल, काँग्रेस बारा क्षेत्र नं. ३ का सभापति प्रभात चौरसिया, महागढी नगर सभापति भुलेन्द्र यादव लगायतले पनि सभालाई सम्बोधन गरेका थिए।

कार्यक्रमको सञ्चालन बिरेन्द्र यादवले गरेका थिए।

सभामा सहभागी वक्ताहरूले संविधानको मर्म र भावना विपरीत गएर कुनै पनि शक्ति–समूहले स

Leave a Comment