८ कार्तिक ,काठमाडौँ । सम्पत्ति शुद्धिकरण नियन्त्रणमा पर्याप्त सुधार गर्न नसक्दा नेपाल पुनः ‘ग्रे लिस्ट’मा परेको छ। अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटीएफ) ले शुक्रबार सम्पन्न चौथो पूर्ण बैठकपछि नेपाल अझै निगरानी सूचीमै रहेको जनाएको हो।
एफएटीएफका अनुसार नेपालले कानुनी र संरचनागत सुधारका केही प्रयास गरे पनि ती अपर्याप्त देखिएका छन्। गैरवित्तीय क्षेत्रको नियमन, हुण्डी नियन्त्रण, अनुसन्धान निकायको क्षमता अभिवृद्धि र जोखिम मूल्याङ्कनमा अझ सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
नेपालले सन् २०२५ फागुनमा ग्रे लिस्टमा प्रवेश गरेको थियो। यसअघि सन् २०१४ मा सुधारमार्गचित्र कार्यान्वयनपछि नेपाल उक्त सूचीबाट हटेको थियो।
वित्तीय जानकारहरूका अनुसार ग्रे लिस्टमा परेसँगै नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घट्ने, वैदेशिक लगानी र व्यापारमा अवरोध आउने, र विप्रेषण प्रणालीमा समेत असर पर्न सक्ने सम्भावना रहन्छ।
एफएटीएफको उक्त बैठकमा नेपालसहित अल्जेरिया, बुल्गेरिया, नाइजेरिया, दक्षिण अफ्रिका, र केन्यालगायत देशहरूको पनि समीक्षा गरिएको थियो।



Leave a Reply