काभ्रेपलाञ्चोक, कात्तिक १४ — अविरल वर्षाका कारण बीपी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। लगातारको वर्षासँगै खसेको पहिरो र लेदोले राजमार्गका विभिन्न स्थानमा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीका अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायतका स्थानमा सडकमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो।
सडक खुलाउन डोजर र मेसिन प्रयोग गरी काम सुरु गरिएको भए पनि लगातारको वर्षाले पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध हुँदा ओखलढुंगा, खोटाङ र सोलुखुम्बु तर्फ गएका सवारी तथा यात्रु बीचमै अल्झिएका छन्। प्रहरी र स्थानीयवासीहरूले यात्रुलाई नजिकका सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।



Leave a Reply