निर्वाचन आयोगमा १७ दल दर्ताको पर्खाइमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १६ — आगामी निर्वाचनका तयारीसँगै निर्वाचन आयोगमा विभिन्न १७ वटा राजनीतिक दल दर्ताको पर्खाइमा रहेका छन्। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा दलले आफ्नो दर्ता निवेदन फिर्ता लिन आवेदन दिएको छ भने बाँकी १७ दलका निवेदन अध्ययनको चरणमा छन्।

घिमिरेका अनुसार आयोगले निवेदनहरूको विवरण पूरा भए/नभएको मूल्यांकन गरिरहेको छ। आवश्यक कागजात पुगेको खण्डमा सम्बन्धित दललाई आधिकारिक प्रमाणपत्र प्रदान गरिनेछ भने अपुरो विवरण भएको अवस्थामा थप जानकारी मागिने बताइएको छ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आगामी निर्वाचनमा सहभागी हुन इच्छुक दलले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्नुपर्नेछ। त्यसपछि निर्वाचन प्रयोजनका लागि दल दर्ताको कार्यक्रम मंसिर १ देखि १० गतेसम्म सञ्चालन हुनेछ।

कार्यतालिकाअनुसार, पहिलो-पास्ट-द-पोस्ट (FPTP) प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ।
समानुपातिक प्रणालीका लागि भने मंसिर १५ गते कार्यालय स्थापनापुष १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको छ।

निर्वाचन प्रचार–प्रसार फागुन ३ देखि १८ गतेसम्म चल्नेछ भने त्यसपछि प्रचार निषेध अवधि लागू हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। त्यसपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने आयोगले जनाएको छ।

Leave a comment