ट्रम्पको दाबी– खामेनी मारिए; इरानको प्रतिक्रिया– ‘सुरक्षित र स्वस्थ’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, फागुन १७, २०८२ (आइतबार)

अमेरिकी राष्ट्रपति ले इरानका सर्वोच्च नेता तेहरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मारिएको दाबी गरेका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत खामेनी मारिएको दाबी गर्दै यसलाई “अमेरिकी, इरानी जनता र विश्वका धेरै देशका लागि न्याय” भएको टिप्पणी गरेका छन्।

यसअघि , तथा केही इजरायली सञ्चारमाध्यमले पनि इजरायलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए। आक्रमणमा उनको तेहरानस्थित निवास गम्भीर रूपमा ध्वस्त भएको समेत उल्लेख गरिएको छ।

तर इरानले भने यी सबै दाबी अस्वीकार गर्दै खामेनी जीवित र सुरक्षित रहेको जनाएको छ। इरानका विदेशमन्त्री ले अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको कुराकानीमा “जहाँसम्म जानकारी छ, खामेनी जिउँदो र स्वस्थ छन्” बताएका छन्।

उनले इरानका सबै उच्च तहका अधिकारीहरू सुरक्षित रहेको पनि दाबी गरेका छन्।

इजरायली सञ्चारमाध्यमहरूले खामेनीको मृत्यु भएको संकेतसहितका समाचार प्रकाशन गरिरहँदा इरानी अधिकारीहरूले भने उनी जीवित रहेको पुष्टि गर्ने प्रयास गरिरहेका छन्।

यसअघि ट्रम्पले प्रारम्भिक आक्रमणमै इरानका धेरै उच्च सैन्य तथा राजनीतिक नेतृत्व मारिएको दाबी पनि गरेका थिए, तर ती दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

Leave a Comment