गाजाबाट तत्काल इजरायली सेना फिर्ता गर्न मुस्लिम देशहरूको माग

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कात्तिक १८, २०८२ | काठमाडौं

इस्लामिक देशहरूले गाजाबाट तत्काल इजरायली सेना फिर्ता गर्न माग गरेका छन्। इजरायलले युद्धविराम सम्झौता तोडेको भन्दै उनीहरूले गाजामा स्थायी शान्ति र दीर्घकालीन युद्धविरामका लागि सेना फिर्ता हुनुपर्ने बताएका हुन्।

पाकिस्तान, टर्की, साउदी अरब, इन्डोनेसिया, कतार, जोर्डन र संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्रीहरूको इस्तानबुलमा बसेको बैठकले युद्धविरामको पालना गर्न इजरायललाई ध्यानाकर्षण गराएको छ।

गत अक्टोबर ९ मा हामास र इजरायलबीच भएको युद्धविराम सम्झौताअनुसार कैदीहरूको साटासाट र अमेरिकी राष्ट्रपतिको मध्यस्थतामा शान्ति पहल सुरु भएको थियो। तर, इजरायली हवाई आक्रमणका कारण युद्धविराम पटक–पटक संकटमा परेको छ।

बैठकपछि जारी वक्तव्यमा मुस्लिम देशका नेताहरूले प्यालेस्टिनी जनताका लागि तत्काल मानवीय सहायता, गाजाबाट इजरायली सेनाको फिर्ती र प्यालेस्टिनी स्वशासन अन्तर्गत गाजाको पुनर्निर्माणको माग गरेका छन्।

पाकिस्तानले सन् १९६७ अघिका सिमानाभित्र स्वतन्त्र र एकीकृत प्यालेस्टाइनको पक्षमा आफ्नो अडान दोहोर्याएको छ।
टर्कीका परराष्ट्रमन्त्री हाकान फिदानले प्यालेस्टिनीहरूले आफैं शासन र सुरक्षाको जिम्मा लिनु पर्ने र अन्तर्राष्ट्रिय समुदायले त्यसका लागि कूटनीतिक तथा आर्थिक सहयोग पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।

Leave a comment