चैत ४, २०८२, काठमाडौं-भारतको दिल्लीस्थित पालम क्षेत्रमा बुधबार बिहान भएको आगलागीमा एकै परिवारका सात जनाको मृत्यु भएको छ।
बिहान करिब ७ बजेतिर भएको आगलागीमा तीन जना बालबालिकासहित सात जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार आगलागी भएको भवनको तल्लो तलामा कस्मेटिक्स पसल थियो भने माथिल्लो तलामा परिवार बसोबास गर्दै आएको थियो।
आगलागी कसरी सुरु भयो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन। घटनाका बेला घरमा कति जना थिए भन्ने विवरण पनि सार्वजनिक भएको छैन।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन्।
प्रहरी र उद्धार टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।

