तरकारी तथा फलफुल खुद्रा व्यवसायी संघ आन्दोलित

बिश्व खबर
पढ्न लाग्ने समय : 3 मिनेट

१६ श्रावण,बारा: तरकारी तथा फलफुल खुदरा व्यवसायी संघ कलैया शुक्रवार देखि आन्दोलित भएको छ ।
कलैया उपमहानगरपालिकाले हामीसँग कुनै छलफल तथा सहकार्य नै नगरी एकैचोटी ६७ प्रतिशत कर बढाएको कारण आफूहरु आन्दोलित हुनु परेको तरकारी तथा फलफुल खुदरा व्यवसायी संघका अध्यक्ष आलम हुसेनले बताउनुभयो ।
आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो, अध्यक्ष हुसेनले भन्नुभयो,‘गत वर्ष पनि तरकारी तथा फलफुलमा ५ रुपैयाँ कर बढाइएको थियो । हामीले त्यसको पनि विरोध गरेका थियौ तर कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले यसपाली मात्र ५ रुपैयाँ बढेको छ यसपछि मेरो कार्यकाल रहुन्जेलसम्म कर नबढाउने मौखिक सहमति गर्नु भएको थियो । तर सहमति विपरित एक्कसी यसपाली ६७ प्रतिशत अर्थात २० रुपैयाँ कर वृद्धि गरिएको कारण व्यापार व्यवसाय बन्द गरि आन्दोलित हुन परेको उहाँले बताउनुभयो ।’
गत आर्थिक वर्षमा प्रत्येक खुदरा व्यवसायीले ३० दृेखि ४० रुपैयाँ प्रतिदिन कर तिर्नु पर्ने अवस्था थियो भने यस वर्ष एकैचोटी २० रुपैयाँ थप गरि ५० देखि ६० रुपैयाँ पु¥याइएको छ उहाँले भन्नुभयो,‘कर बढेको कारण महंगाई समेत बढदै गएको छ, जसको प्रत्यक्ष मार हामी खुदरा व्यवापारीहरुले भोग्दै आएका छौ । महंगाईको कारण व्यापार व्यवसाय धरासायी बन्दै गएको छ, कारोबार अहिले ८० प्रतिशतमा झरिसकेको छ । हाम्रो देशका उपभोक्ताहरु भारतको विहार राज्यको बजार तिर आकर्षित हुँदै गएका छन् । जसको प्रत्यक्ष मार खुदरा व्यवसायीले भोग्नु परेको छ । कलैया उपमहानगरपालिका तरकारी तथा फलफुल व्यवसायीहरुलाई पलायन गराउने बाटो तर्फ उन्मुख भएको उहाँले आरोप लगाउनुभयो ।
आफनो पिडा लिएर कलैया उपमहानगरपालिकामा जादा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले बढेको कर फिर्ता हुन सक्ने र यसमा कुनै पनि सम्झौता गर्न नसकिने जनाएको कारण कारोबार नै बन्द गरी आन्दोलनमा होम्मिनु परेको अध्यक्ष हुसेनले बताउनुभयो ।
म सँग कुनै कुरा नै नगरी आफू मनोपोल तरकारी तथा फलफुल खुदरा व्यवसायी संघ कलैयाले बजार बन्द गरी आन्दोलनमा उत्रेको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले बताउनुभयो ।
परिषदबाट पारित भएको कर नै लागू गरिएको हो उहाँले भन्नुभयो,‘सर समान विक्री गर्नको लागि दिइएको शेडमा फलामको घर (तिजोरी) नै निर्माण गरी बसेकाहरुको लागि केही रकम थप मात्र भएको हो । यदि फलामको घर बजारबाट व्यवासीहरुले हटायो भने गत वर्षकै करमा उनीहरुले व्यापार व्यवसाय संचालन गर्न पाउने छन् नत्र अहिले बढेको कर अनुसार नै तिर्नु पर्ने उहाँले बताउनुभयो ।
अहिले पनि केही विग्रेको छैन । छलफल गरेर समस्याको समाधान गर्न सकिन्छ तर छलफल नै नगरी व्यापार व्यसाय बन्द गरी आन्दोलन गर्नु छ भने मलाई केही भन्नु छैन तर हरेक समस्याको समाधान छलफल हो छलफल गरी समस्याको समाधान गर्न आफू पनि तयार रहेको उहाले बताउनुभयो ।

Leave a Comment