कन्सुलर एक्सेस’का लागि सरकारको पहल, परिवार चिन्तित
काठमाडौं, चैत ८ — उदयपुर गाईघाटका ३३ वर्षीय क्याप्टेन अमृत झा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। उनी तेल लिएर दुबई फर्किने क्रममा पक्राउ परेका हुन्।
दुबईस्थित जहाज कम्पनीमा कार्यरत झालाई इरानको बन्दर अब्बास बन्दरगाह क्षेत्रबाट फारसी खाडीस्थित होर्मुज स्ट्रेटमा इरानी रेभोलुसनरी गार्डले नियन्त्रणमा लिएको जनाइएको छ।
परिवारका अनुसार झाले पक्राउ परेको केही दिनपछि नयाँ नम्बरबाट ह्वाट्सएपमार्फत भ्वाइस सन्देश पठाउँदै आफू सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका थिए। उनले उद्धारका लागि नेपाल सरकारसँग पहल गरिदिन अनुरोध पनि गरेका थिए। त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेको छैन।
झाका दाइ सुनिल ठाकुरका अनुसार झासँग नियमित सम्पर्क भइरहेको थियो र उनी काम सकिएपछि नेपाल फर्किने तयारीमा थिए। तर फर्किने क्रममा नै नियन्त्रणमा परेको खबर आएको हो।
यस घटनापछि उनकी दिदी पूजा झाले कन्सुलर सेवा विभागमा निवेदन दिँदै भाइको उद्धारका लागि पहल गर्न अनुरोध गरेकी छन्।
सरकारको कूटनीतिक पहल सुरु
ले झाको अवस्थाबारे बुझ्न कतारको दोहास्थित नेपाली दूतावासमार्फत पहल सुरु गरेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता का अनुसार ‘कन्सुलर एक्सेस’का लागि पहल भइरहेको छ र दूतावास तथा सम्बन्धित निकायमार्फत जानकारी संकलन भइरहेको छ।
इरानमा जारी द्वन्द्वका कारण त्यहाँ पुगेर प्रत्यक्ष जानकारी लिन कठिन भइरहेको पनि मन्त्रालयले जनाएको छ। हाल इरानस्थित नेपाली कन्सुलेटले टर्कीबाट सेवा सञ्चालन गरिरहेको छ।
परिवार र स्थानीय तहको चिन्ता
झाको परिवार यतिबेला काठमाडौं आएर सरकारसँग पहल गरिरहेको छ। उनका बुबा मुटुका बिरामी रहेका छन् तर छोराको अवस्थाबारे पूर्ण जानकारी दिइएको छैन।
ले समेत परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै झाको सुरक्षित रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
मध्यपूर्व तनावको प्रभाव
हाल मा करिब १० जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूमध्ये सबै सुरक्षित रहेको र आवश्यक परे भारतीय दूतावासमार्फत उद्धारको व्यवस्था मिलाइँदै गरिएको छ।
क्षेत्रमा बढ्दो तनाव तथा , र बीच जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढ्दै गएको छ।

