हङकङ सिक्सेसमा नेपाल ४ विकेटले पराजित, लगातार दोस्रो हार

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कात्तिक २२, २०८२, शनिबार — काठमाडौ

हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। शनिबार बिहान हङकङको मोङकोकस्थित मिसन रोड ग्राउन्डमा दक्षिण अफ्रिकासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३.३ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनमा समेटियो। नेपालको लागि राशिद खानले १६ रन, लोकेश बमले १४ रन, र आदिल आलमले १३ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर खेल जित्यो। उसका लागि ब्लेक सिम्पसनले अविजित ३० रन बनाए भने बलिङतर्फ लोकेश बमले २ विकेट लिए।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन, र जोरिक भान साकवायकले समान २–२ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो। लगातार दुई हारसँगै नेपाल समूह चरणमै दबाबमा परेको छ।

नेपालले आजै हङकङ र कुवेतसँग खेल्नेछ भने आइतबार यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टोली समूह ‘ए’ मा अफगानिस्तान र दक्षिण अफ्रिकासँग छ। समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई छन् भने समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान र समूह ‘डी’ मा आयोजक हङकङ, बंगलादेश र श्रीलंका रहेका छन्।

Leave a comment