२४ कात्तिक २०८२, बाराः
जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलको नेतृत्वमा भएको प्रदर्शनमा अन्य दलका कार्यकर्ताहरू पनि सहभागी भएका थिए। प्रदर्शनकारीहरूले “प्रदेश प्रमुखलाई बर्खास्त गर”, “असंवैधानिक मुख्यमन्त्री नियुक्ति खारेज गर”, “मधेशलाई स्वायत्त प्रदेश घोषणा गर” लगायतका नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले प्रदेश प्रमुखको निर्णयले संविधानको मर्म र लोकतान्त्रिक अभ्यासविपरीत काम भएको भन्दै आपत्ति जनाए। उनीहरूले तत्काल असंवैधानिक नियुक्तिको खारेजी र मधेशको स्वायत्तताका पक्षमा सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरेका छन्।
सुरक्षाका लागि भरत चौक र वरपरको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।



Leave a Reply