रुसको आक्रमण सामना गर्न फ्रान्सबाट १०० ‘राफेल F4’ लडाकु विमान ल्याउने युक्रेन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर २, काठमाडौं— युक्रेनले रुसको लगातार आक्रमणबाट रक्षा क्षमता बढाउने उद्देश्यले फ्रान्ससँग १० वर्षे ‘रणनीतिक सुरक्षा सम्झौता’ गर्दै राफेल F4 लडाकु जेट तथा उन्नत वायु रक्षा प्रणाली ल्याउने भएको छ।

बीबीसीका अनुसार युक्रेनले पाउन लागेको अत्याधुनिक राफेल F4 जेटको संख्या १०० वटा सम्म हुन सक्छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच पेरिस नजिकैको एयरबेसमा सम्झौतामा हस्ताक्षर गरिएको हो। जेलेन्स्कीले यसलाई ‘ऐतिहासिक कदम’ बताएका छन्।

सम्झौता अनुसार युक्रेनले

८ वटा वायु रक्षा प्रणाली,

उन्नत फ्रान्सेली राडार,

अन्य अत्याधुनिक हतियारहरू पनि प्राप्त गर्नेछ।

राफेल F4 जेटहरूको डेलिभरी २०३५ सम्म सम्पन्न गर्ने योजना छ। साथै, इन्टरसेप्टर ड्रोनको संयुक्त उत्पादन यसै वर्षदेखि सुरु हुने बताइएको छ।

सम्झौताका वित्तीय विवरणहरू अझै सार्वजनिक भइसकेका छैनन्। तर, विभिन्न रिपोर्टले फ्रान्सले युरोपेली संघ (EU) बाट कोष जुटाउने तथा जफत गरिएका रुसी सम्पत्तिको उपयोग गर्ने प्रस्ताव अघि सारेको उल्लेख गरेका छन्। यही विषयलाई लिएर २७ सदस्य राष्ट्रहरूबीच मतभेद देखिएको छ।

Leave a comment