पाकिस्तानमा एफसी मुख्यालयमाथि हमला, ३ जनाको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

८ मंसिर, काठमाडौं ।
पाकिस्तानको खैबर पाख्तुनख्वा प्रान्तको पेशावरस्थित फ्रन्टियर कोर (एफसी) अर्धसैनिक बलको मुख्यालयमा सोमबार बिहान आतंकवादी समूहले हमला गरेपछि ३ जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

बीबीसीलाई उद्धृत गर्दै पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सुरक्षा मुख्यालयमै लक्षित गरी भएको उक्त आक्रमणमा तीन जनाले ज्यान गुमाएको पुष्टि गरेका हुन् ।

घटना घना बसोबास भएको क्षेत्रमा हुँदा केही समय आतंक मच्चिएको थियो । अहिले सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएर आतंककारीहरूको खोजी तीव्र पारेका छन् ।

Leave a comment