चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनलाई लक्षित गर्दै आज केन्द्रीय समितिको अन्तिम बैठक आयोजना गर्दैछ। भरतपुरस्थित सिएमटी रिसोर्टमा बस्ने बैठकले महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा पार्टीको विधान संशोधन, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। रास्वपाले केन्द्रीय समिति विस्तार गरी १३१ बाट १५१ सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ।
केन्द्रीय समितिबाट पारित हुने संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ। पार्टीको पहिलो महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा तीन दिनसम्म चल्नेछ।
महाधिवेशनमा देशभरबाट करिब ३ हजार प्रतिनिधि, नेता, कार्यकर्ता र पर्यवेक्षक सहभागी हुने रास्वपाले जनाएको छ। उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा र बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने तयारी छ।
पार्टी सभापति पनि बैठक र महाधिवेशनमा सहभागी हुन चितवन आउने कार्यक्रम रहेको जनाइएको छ।
रास्वपामा महाधिवेशनको चटारो, अन्तिम तयारीका लागि केन्द्रीय समिति बैठक बस्दै
Leave a Comment
Leave a Comment






