जेनजीको नाम दुरुपयोगबारे चेतावनी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, २६ मंसिर २०८२ – जेनजी एण्ड युथ अफ बाराको नाममा समाजमा द्वन्द, धम्की, तोडफोड र व्यक्तिगत स्वार्थका लागि नकारात्मक गतिविधि गरिने प्रयास भइरहेको विषयमा संगठनले चेतावनी जारी गरेको छ।

उक्त संगठनका अध्यक्ष सौरभ पाण्डेयका अनुसार जेनजी एण्ड युथ अफ बाराको उद्देश्य समाजमा सकारात्मक काम गर्नु, युवामा नेतृत्व प्रवर्द्धन गर्नु, शिक्षा, खेलकुद र सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्नु हो। कुनै व्यक्तिले संगठनको नाम व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने प्रयास गरे कानुन अनुसार  कडा कारबाही हुने त्यसो गर्नेलाइ सघठनले साथ नदिने उहाँले स्पष्ट पारेका छन्।

संगठनले समुदायलाई सचेत रहन र यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। साथै, संगठनले यस्तो गतिविधिमा संलग्न कार्यक्रमलाई समर्थन, सहयोग वा संरक्षण नदिने पनि जानकारी दिएको छ।

Leave a comment