बारामा हुण्डी रकम सहित दुईजना पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 78
पढ्न लाग्ने समय : 1 मिनेट

७ साउन,बारा : बारामा प्रहरीले आज हुण्डी रकम सहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले स्रोत नखुलेको दस लाख २० हजार रकम सहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले छतवा घोडासाहन नाकाबाट ना ३६ प ४५६३ नम्बरको मोटरसाइकलमा सवार फेंटा गाउँपालिका-६ पुरैनियका सैदुल्लाह मियाँ ठकुराई र बागर अंसारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराए ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी गराए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.