माइतीघरमा जेनजी युवाहरूको सरकारविरुद्ध प्रदर्शन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

‘माग सम्बोधन नगरिने हो भने सडकमै दबाब’, प्रदर्शनकारीहरूको चेतावनी

११ मंसिर, काठमाडौँ ।
जेनजी आन्दोलनपछि गठित सरकारले पनि आफ्ना मागहरू बेवास्ता गरेको आरोप लगाउँदै जेनजी अभियानसँग सम्बद्ध युवाहरू बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका छन्।

हातमा विभिन्न नारा लेखिएका ब्यानर र पम्प्लेट लिएर उनीहरूले सरकारप्रति असन्तुष्टि प्रकट गरे। ‘सुशीलाको पाराले, दु:ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं’, ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ जस्ता नारासहित प्रदर्शन गरिएको थियो।

प्रदर्शनकारीहरूले सरकारले जेनजी आन्दोलनका मूल एजेन्डाहरू कार्यान्वयन नगरेको, युवाका माग र आवाज बेवास्ता गरेको र राजनीतिक नेतृत्वले पुनः पुरानै शैली दोहोर्याएको आरोप लगाएका छन्।
उनहरूले चेतावनी दिँदै भने, “यदि सरकारले हाम्रो आवाज सुनेन भने आन्दोलन चरणबद्ध रूपमा सडकमै विस्तार हुनेछ।”

Leave a comment