काठमाडौँ, मङ्सिर १३। पोखरा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको एक जहाजमा चरा ठोक्किने घटना भएको छ। काठमाडौँबाट पोखरा उडान भरेको उडान संख्या ६१७, जहाज ९एन–एओसी अवतरण हुनै लाग्दा चरा ठोक्किएको पुष्टि बुद्ध एयरले गरेको हो।
घटना आज अपराह्न ३:४५ बजे भएको थियो। उडानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ।
घटनापछि जहाजलाई पोखरामै रहेको प्राविधिक टोलीले विस्तृत रूपमा जाँच गरिरहेको छ।
बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालका अनुसार चरा ठोक्किँदा जहाजको ‘प्रोपेलर ब्लेड’ केही मात्रामा क्षतिग्रस्त भएको र निरीक्षण तथा आवश्यक मर्मतपछि मात्र पुनः उडान अनुमति दिने प्रक्रिया अघि बढाइने जानकारी दिए।



Leave a Reply