कांग्रेसमा महाधिवेशन मिति विवाद जारी: देउवा सहमत, निधि–सिटौलाको अडान कडा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १३ मंसिर २०८२ – नेपाली कांग्रेसको महाधिवेशन मिति निर्धारणमा विवाद जारी छ। सभापति शेरबहादुर देउवाले पुस मसान्तभित्र महाधिवेशन गर्ने पक्षमा सहमति जनाए पनि, नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले समय अभावले गर्दा पुसमा सम्भव नभएको बताए।

महाराजगञ्जमा शनिबार भएको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, रमेश लेखक, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए। अन्य नेताहरूले नियमित महाधिवेशन पुसमै गर्ने प्रस्ताव राखेका थिए भने निधि–सिटौलाको तर्क निर्वाचन तयारीका कारण निर्वाचनपछि मात्र गर्नुपर्ने थियो।

अन्ततः सहमति जुट्न नसक्दा पर्सि सोमबारका लागि तय भएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ। कांग्रेसभित्र महाधिवेशनको मिति अझै निर्णायक बन्न सकेको छैन।

Leave a comment