रास्वपाको कर्णाली नेतृत्वमा मदन खड्का पुनः निर्वाचित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का पुनः निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा खड्काले अत्यधिक मतान्तरसहित विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार खड्काले २८८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी स्नेहा उपाध्यायले ६३ मत तथा नन्दकिशोर बस्नेतले ३५ मत प्राप्त गरेका छन्।
यसअघि पनि प्रदेश सभापतिको जिम्मेवारी सम्हालिसकेका खड्का पार्टीभित्रको आन्तरिक विवाद र मतभेदबीच पुनः नेतृत्वमा चयन भएका हुन्। रास्वपाको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित आइतबारदेखि सुरु भएको प्रक्रिया अन्ततः मतदानमार्फत टुंगिएको हो।
अधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास सोमबार साँझसम्म जारी रहे पनि सहमति जुट्न नसकेपछि मंगलबार मतदान गरिएको थियो। अधिवेशनमा सहभागी ५ सय ३० प्रतिनिधिमध्ये ४ सय जनाले मतदानमा भाग लिएका थिए।
निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सभापतिका उम्मेदवार नन्दकिशोर बस्नेतले प्रतिनिधि छनोटमा निष्पक्षता नअपनाइएको आरोप लगाएका छन्। मतदान सम्पन्न भएपछि उनले अधिवेशन स्थगित गर्न माग गर्दै पार्टीको केन्द्रीय कार्यालय तथा निर्वाचन समितिमा उजुरीसमेत दिएका थिए।
निर्वाचनबाट पुनः नेतृत्वमा आएका खड्कासामु अब संगठन सुदृढीकरण, आन्तरिक एकता कायम गर्ने तथा प्रदेशमा पार्टीको प्रभाव विस्तार गर्ने चुनौती रहेको

Leave a Comment