१६ मंसिर ,काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमै विदेशमा रहेका नेपालीहरूले स्वदेशमा पठाएको विप्रेषण पाँच खर्ब ५३ अर्ब ३१ करोड रूपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा विवरणअनुसार यो आप्रवाह गत वर्षको सोही अवधिभन्दा ३५.४ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण वृद्धिदर ११.९ प्रतिशत मात्रै थियो र रकम चार खर्ब ८ अर्ब ७७ करोड रहेको थियो। यस वर्ष भने साउन, भदौ र असोज तीनै महिनामा उल्लेखनीय वृद्धि देखिएको छ।
महिनावार विवरण
- साउनमा विप्रेषण २९.९% ले बढेर रु १ खर्ब ७७ अर्ब ४१ करोड
- भदौमा 33.1% वृद्धि, विप्रेषण रु ३ खर्ब ५२ अर्ब ८ करोड
- असोजसम्म जम्मा तीन महिनामा कुल विप्रेषण रु ५ खर्ब ५३ अर्ब ३१ करोड
चालु खाता र शोधनान्तर दुवै बचतमा
पहिलो त्रैमासमा नेपालको चालु खाता रु २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ।
यस्तै, शोधनान्तर (Balance of Payment) रु २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा छ।
गत वर्षको सोही अवधिमा यी सूचकहरू क्रमशः एक खर्ब १५ अर्ब ३६ करोड र एक खर्ब ८४ अर्ब ९९ करोडले मात्रै बचतमा थिए।
निर्यात–आयात दुवै बढे
पहिलो तीन महिनामा
- वस्तु निर्यात ८९.६% ले बढेर रु ७२ अर्ब ७८ करोड
- वस्तु आयात १९.८% ले बढेर रु ४ खर्ब ६८ अर्ब ८ करोड
रहे पनि कुल व्यापार घाटा भने उच्च नै कायम छ।



Leave a Reply