२१ कात्तिक, सर्लाही
कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक बालक दुई दिनपछि मृत फेला परेका छन्।
सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने १४ वर्षीय आशिक यादव १९ कात्तिक बिहान साढे ६ बजे बागमती नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी अचानक नदीको भेलमा बगेर बेपत्ता भएका थिए।
उनको खोजीका लागि सर्लाही प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेको थियो। दुई दिनसम्मको खोजीपछि शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदी किनारमा यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Leave a Reply