१६ मंसिर, जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो २ बजे विश्वासको मत लिने भएका छन्।
मंगलबार पत्रकार सम्मेलनमा उनले प्रदेश प्रमुखबाट आज दिउँसो ३ बजे पत्र प्राप्त भएपछि भोलिसम्म मत लिन प्रक्रिया अघि बढाइने बताए। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि यादवले सचिवालयमा पत्र पठाएर तयारी सुरू गरेका छन्।
यादवले विगतमा सहयोग गरेका दलहरूले यसपटक पनि समर्थन गर्ने आशा व्यक्त गरेका छन्।



Leave a Reply