होर्मुज संकटः ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ घोषणा, फसेका जहाज उद्धार गरिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू क्षेत्रमा अवरोधमा परेका व्यावसायिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न ‘प्रोजेक्ट फ्रिडम’ नामक पहल सार्वजनिक गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल Truth Socialमार्फत जानकारी दिँदै विभिन्न देशहरूले आफ्ना जहाजहरूको सुरक्षाका लागि अमेरिकासँग सहयोग मागेको बताएका छन्। उनका अनुसार ती देशहरू पश्चिम एसियामा जारी तनावमा प्रत्यक्ष रूपमा संलग्न छैनन्।
उनले उक्त पहल मानवीय उद्देश्यबाट प्रेरित भएको स्पष्ट पार्दै जहाजमा रहेका चालक दलको सुरक्षा र आपूर्ति व्यवस्थालाई प्राथमिकता दिइने बताएका छन्। केही जहाजमा खाद्यान्न र आवश्यक सामग्रीको अभाव देखिएको भन्दै तत्काल उद्धार आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
‘प्रोजेक्ट फ्रिडम’अन्तर्गत उद्धार कार्य सोमबारदेखि सुरु हुने जनाइएको छ। ट्रम्पका अनुसार यस विषयमा इरानसँग सकारात्मक संवाद भइरहेको छ।
साथै, उनले उद्धार अभियानमा कुनै पनि अवरोध सिर्जना नगर्न चेतावनी दिँदै हस्तक्षेप भए कडा कदम चालिने संकेत पनि दिएका छन्।

Leave a Comment