कलैया, बारा — श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सितलपुरमा नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको स्वागत, सम्मान तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
नव निर्वाचित समितिका अध्यक्ष बाबुराम साह कानु सहित सदस्यहरू नितेत कुशवाहा, कुसुम खातुन, सरिता देवी, अनिता देवी यादव, वाजुलहक अन्सारी तथा वडा अध्यक्ष लालबाबु महतोलाई विद्यालयले औपचारिक रूपमा स्वागत तथा सम्मान गरेको हो। उनीहरूले आजै विद्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानाध्यापक राजकिशोर सहनीले नव निर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षिका शिखा कर्णले गर्नुभएको थियो भने स्वागत मन्तव्य हरि किशोरी मिश्रले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
सितलपुर आधारभूत विद्यालयमा नव निर्वाचित व्यवस्थापन समितिको स्वागत तथा पदभार ग्रहण
Leave a Comment
Leave a Comment

