काठमाडौं, २१ वैशाख — सशस्त्र प्रहरी बल नेपालका नव-नियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृह मन्त्रालयमा सोमबार आयोजित औपचारिक कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरीको आईजीपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो। १८ वैशाखदेखि तत्कालीन आईजीपी राजु अर्याल अनिवार्य अवकाशमा गएपछि पौडेलले संगठनको नेतृत्व सम्हालेका छन्।
नव-नियुक्त आईजीपी पौडेलले अब सशस्त्र प्रहरी बलको नेतृत्व गर्दै सीमा सुरक्षा, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनजस्ता जिम्मेवारी सम्हाल्नेछन्।
सशस्त्र प्रहरी प्रमुख पौडेललाई दर्ज्यानी चिह्न प्रदान
Leave a Comment
Leave a Comment

