घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१८ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकार पूर्ण रूपमा जुटिरहेको बताएकी छन्।

२२औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन राष्ट्रको भविष्य निर्माणसँग जोडिएको जिम्मेवारी भएकाले सरकारले कुनै कसर बाँकी नराखी तयारी अगाडि बढाएको स्पष्ट पारिन्।
उनले भनिन्, “आउँदो फागुन २१ मा निर्धारित आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै देशलाई तीव्र विकासको मार्गमा अघि बढाउनु हाम्रो लक्ष्य हो।”

जेनजी आन्दोलनपछि देशमा देखिएका घटनाहरूले सुधारको आवश्यकता स्पष्ट पारेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवाले उठाएका माग—भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी तथा आधारभूत सेवाको सुनिश्चितता—सरकारका प्राथमिकतामा रहेको बताइन्।

उनी भन्छिन्, “मुलुकको रुपान्तरणका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्नुपर्ने समय आएको छ।”

Leave a Comment