भारत भ्रमण सकेर राष्ट्रपति पुटिन रुस फिर्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

शनिबार, २० मंसिर २०८२

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमण सम्पन्न गरी शुक्रबार अबेर राति स्वदेश फर्किएका छन्। मन्त्रीहरूको उच्चस्तरीय टोलीसहित बिहीबार साँझ नयाँ दिल्ली आइपुगेका पुटिन करिब २७ घण्टे बसाइपछि रुस प्रस्थान गरेका हुन्।

भारत बसाइका क्रममा राष्ट्रपति पुटिनले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका थिए। त्यससँगै उनले भारत–रुस व्यापारिक मञ्चलाई समेत सम्बोधन गरे।

यसपटक दुुवै देशबीच कुनै ठूलो वा रणनीतिक सम्झौता सार्वजनिक नभए पनि अगाडि–पहिले चर्चा गरिएको एसयू–५७ लडाकु विमान तथा एस–४०० रक्षा प्रणालीसम्बन्धी सम्झौता भने औपचारिकरूपमा नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तर ऊर्जा, व्यापार र अन्य क्षेत्र जोडिने गरी १९ विषयमा सहमति बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतमा निर्धारित कार्यक्रमहरू समेटेर राष्ट्रपति पुटिन शुक्रबार राति करिब १० बजे स्वदेश फर्किएका हुन्। प्रस्थान गर्नु अघि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको औपचारिक रात्रिभोजमा सहभागिता जनाएको जनाइएको छ।

Leave a Comment