साजिर मन्सूर
कलैया, मङ्सिर २४
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (HURFON) शाखा कार्यालय बाराले आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमसहित मनाएको छ। “मानव अधिकार, हामी सबैको अपरिहार्य आधार” नाराका साथ आयोजित कार्यक्रममा स्थानीय समुदाय, सामाजिक अभियन्ता, सुरक्षाकर्मी तथा अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कलैयामा आयोजित कार्यक्रममा मानव अधिकारको महत्व, नागरिकका आधारभूत हकअधिकारको संरक्षण, समाजमा रहेका विभेद तथा हिंसा अन्त्यका उपायबारे छलफल र सचेतनामूलक सन्देश प्रवाह गरिएको महिला सन्जाल बाराको अध्यक्ष बबिता जयस्वालले जनाईन। कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकार दिवस केवल एक औपचारिकता नभई समाज र राष्ट्रको दिगो विकासका लागि महत्वपूर्ण आधारशिला रहेको बताए।
कार्यक्रममा मानव अधिकारसम्बन्धी पम्प्लेट वितरण, सुझाव संकलन, समस्याग्रस्त समुदायका व्यक्तिहरूलाई सहयोग र परामर्श सेवा पनि प्रदान गरिएको थियो। मानव अधिकारकर्मि बाराका प्रतिनिधिहरूले निरन्तर मानव अधिकार संरक्षणकाका लागि विभिन्न स्थलमा जागरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
दिवसको अवसरमा सहभागीहरूले मानव अधिकारको सुनिश्चितता प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बारामा विविध कार्यक्रम गरि मनाइयो
Leave a Comment
Leave a Comment


