अध्यादेशबारे निर्णयमा धैर्य अपनाउन राष्ट्रपतिलाई कानुनविद्को आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे निर्णय गर्दा हतार नगर्न कानुनविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
बिहीबार शीतल निवासमा आयोजित छलफलमा संविधानविद् तथा कानुनविद्हरूसँग राष्ट्रपति पौडेलले अध्यादेशसम्बन्धी विषयमा परामर्श गरेका थिए। सो क्रममा सहभागीहरूले अध्यादेश जारी गर्ने विषय संवेदनशील हुने भएकाले पर्याप्त विचार–विमर्शपछि मात्र निर्णय लिनुपर्ने धारणा राखेका हुन्।
छलफलमा सहभागी कानुनविद् पूर्णमान शाक्यले निर्णय प्रक्रियामा हतार नगर्न स्पष्ट सुझाव दिइएको जानकारी दिए। उनका अनुसार, अध्यादेशजस्तो महत्वपूर्ण विषयमा सबै कानुनी र संवैधानिक पक्षको गहिरो अध्ययन आवश्यक हुन्छ।
उक्त परामर्शमा बद्रिबहादुर कार्की, महादेव यादव, भिमार्जुन आचार्य र टिकाराम भट्टराईलगायत कानुनविद्हरूको सहभागिता रहेको थियो।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरणसम्बन्धी निर्णय लिनुअघि सरोकारवाला पक्षसँग थप परामर्श गर्ने संकेत दिएका छन्।

Leave a Comment