९ भदौ, भारत : बाराबाट बोलबम तीर्थ यात्राका लागि गएको बस भारतको विहारमा दुर्घटनामा परेको छ ।
भारतको बिहार राज्यको समस्तीपुरमा आज विहान तीर्थ यात्राका लागि गएको बस दुर्घटनामा परेको हो ।
बारा बारागढी गाउँपालिका वडा नम्बर-३ मुर्किपलियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताए ।
भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।
बाराका तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । उनीहरु देवघरतर्फ गइरहेका थिए । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।